ब्याडमिन्टन संघका अध्यक्ष श्रेष्ठलाई पितृ शोक

काठमाडौं । नेपाल ब्याडमिन्टन संघका अध्यक्ष एवं नेपाल ओलम्पिक कमिटीका सचिव रामजीबहादुर श्रेष्ठलाई पित्रृ शोक परेको छ ।

अध्यक्ष श्रेष्ठका पिता जीतबहादुर श्रेष्ठको ८७ बर्षको उमेरमा शुक्रबार साँझ महराजगन्जस्थित त्रिवि शिक्षणअस्पतालमा उपचारका क्रममा निधन भएको संघका उपमहासचिव नविनविक्रम शाहले जानकारी गराए ।

स्वर्गीय श्रेष्ठको पार्थिव शरिरको आजै आर्यघाटमा दाह संस्कार गरिने समेत उपमहासचिव शाहले जानकारी गराए । स्वर्गीय श्रेष्ठ लामो समयदेखि विभिन्न रोगकोबाट ग्रसित थिए ।