आइसिसी ट्वान्टी २० विश्वकप

ट्वान्टी २० विश्वकपः नेपालको समूहमा तीन टेस्ट राष्ट्र

फाइल तस्बिर

काठमाडौं । आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा हुने आइसिसी ट्वान्टी २० विश्वकपको समूह विभाजन र खेल तालिका सार्वजनिक भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले शुक्रबार आधिकारिक रुपमा खेल तालिका र समूह सार्वजनिक गरेको हो ।

नेपालले समूह चरणमै तीन टेस्ट राष्ट्रको समाना गर्ने भएको छ । समूह ‘डी’ मा नेपाल, नेदरल्यान्ड्स, श्रीलंका, दक्षिण अफ्रिका र बंगलादेश छन् ।

नेपालले  जुन ४ मा नेदरल्यान्ड्ससँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । दोस्रो खेल नेपालले जुन २३ मा श्रीलंकासँग खेल्नेछ । सरुआती दुई खेल अमेरिकामा हुनेछ ।

त्यसपछि बाँकी दुई नेपालले खेल वेस्ट इन्डिजमा गएर खेल्नेछ । नेपालले जुन १४ मा दक्षिण अफ्रिका तथा जुन १६ मा बंगलादेशसँग खेल्नेछ ।

समूह ‘ए’ मा भारत, पाकिस्तान, आयरल्यान्ड, क्यानडा र अमेरिका तथा समूह बी मा इंग्ल्यान्ड अस्ट्रेलिया, नामिबिया, स्कटल्यान्ड र ओमान छन् ।

यसैगरी समूह ‘सी’ मा न्युजिल्यान्ड, वेस्ट इन्डिज, अफगानिस्तान, युगान्डा र पपुवा न्युगिनी छन् ।

हरेक समूहका शीर्ष दुई टोली सुपर ८ मा पुग्ने छन् । विश्वकप जुन १ देखि २९ सम्म हुनेछ ।