काठमाडौं । घरेलु तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्न सफल तीन खेलाडीलाई काठमाडौं जिल्ला किक बक्सिङ संघले शुक्रबार नगदसहित सम्मान गरेको छ ।
थाइल्यान्डको बैंककमा भएको एसियाली किक बक्सिङ च्याम्पियसिपमा कांस्य पदक जितेका देवान्स श्रेष्ठ, भारतमा भएको अन्तर्राष्ट्रिय शारीरिक सुगठन प्रतियोगिताका स्वर्ण विजेता किशोर कार्की तथा गणेशमान सिंह राष्ट्रिय किक बक्सिङ प्रतियोगितामा उत्कृष्ट खेलाडी घोषित भएका सागर दर्जी सम्मानित भएका हुन् ।
दक्षिण एसियाली खेलकुदका कीर्तिमानी धावक बैकुण्ठ मानन्धर, नेपाल किक बक्सिङ संघ अध्यक्ष लोकेन्द्र कार्कीलगायतले खेलाडीलाई जनही २५ हजार रुपैयाँ र प्रशंसा पत्र प्रदान गरी सम्मान गरे । सो अवसरमा नेपालमा किक बक्सिङको विकास र विस्तारमा योगदान पुर्याएकोमा अध्यक्ष कार्कीलाई पनि सम्मान गरिएको थियो ।
भिडियो
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
ANFA नेतृत्व कहाँ छ कसैलाई थाहा छैन । अझै बेवास्था गरे आन्दोलन झन कडा हुन्छ: BISHWASH BIKRAM SHAH
ANFA मा CLUB को धर्ना, रिले अनसनको आज तेस्रो दिन II माग पूरा नभएसम्म अनसन जारी रहने II
MYANMAR, MOZAMBIQUE र GHANA का राष्ट्रिय खेलाडीको साथले दोस्रो वा तेस्रो हुने SANKATA को लक्ष्य
लिगमा पक्कै चुनौती छ । तर हामी त्यो चुनौती पार लगाउन तयार छौं ।I BAGMATI FC MANAGER NIRAJAN KARKI
APF COACH JIBESH PANDEY II लिग पहिलाजस्तो हुँदैन, सबै टिम बलिया छन् । तर हामी जितका लागि तयार छौं ।
