पोखरा कप भलिबल

पर्वत पोखरा कप भलिबलको च्याम्पियन

काठमाडौं । पर्वत भलिबल क्लब पोखरा कप अन्तर क्लबस्तरीय पुरुष भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ ।

२५ औं सडक महोत्सवको अवसरमा आयोजित प्रतियोगिताको फाइनलमा पर्वतले टफ गोर्खा टिमलाई ३-० को सोझो सेटमा पराजित गर्यो । पर्वतले खेल २५-१६, २५-२१, २५-२३ ले आफ्नो पक्षमा पारेको हो ।

उपाधिसँगै पर्वतले १ लाख ११ हजार १ सय ११ रुपैयाँ,  ट्रफी, प्रमाणपत्र र मेडल प्राप्त गरेको छ । उपविजेता टफ गोर्खा ट्रेनिङ सेन्टरले ७७ हजार ७ सय ७७ रुपैयाँ प्राप्त गर्यो ।

पोखरा महानगरपालिका भलिबल संघको आयोजनामा पुस १४ गतेदेखि भएको प्रतियोगितामा गलकोट भलिबल क्लब, पोखरा महानगरपालिका निलो, पोखरा महानगरपालिका रातो, पर्वत भलिबल क्लब, बसुन्धरा पार्क क्लब, गुरुकुल मावि, सिद्धार्थ लभडेल मावि र टफ गोर्खा सहभागी थिए ।