दाना कप जुनियर फुटबल प्रतियोगिता

दाना कपका लागि ३० खेलाडी छनोट

सांकेतिक तस्बिर

काठमाडौं । डेनमार्कमा हुने दाना कप जुनियर फुटबल प्रतियोगिताका लागि नेपालबाट ३० खेलाडी छनोट गरिएको छ । प्रतिायोगिता जुलाई २२ देखि २७ तारिखसम्म हुनेछ ।

सातौं नेफ-ऋत कप अन्तरविद्यालय जुनियर यु-१६ छात्र फुटबल प्रतियोगितामा गरेको प्रदर्शनका आधारमा खेलाडी छनोट गरिएको हो । उत्तरभेगीय शैक्षिक मञ्च (नेफ) का अध्यक्ष नारायण रोकाले प्रतियोगिताको समापन कार्यक्रममा सार्वजनिक गरे

प्रतियोगिताका लागि छहारीका अरुण लामा सम्राट तामाङ, बृहस्पति विद्या सदनका एलेन डंगोल, प्रेम अधिकारी, गोरक्ष सुवेद, अग्रिमजंग बस्नेत, पिस प्वाइन्टका राहुलकुमार योञ्जन, अभय घिमिरे, प्रज्ञान राई, मनीष कार्की, निराजन देउवा, रामबहादुर बुढाथोकी, महेश राई, विशेष थिङ, एनआइसी एकेडेमीका आर्यब श्रेष्ठ, अनिश जोशी, प्रदेश पाण्डे, गौरवबहादुर खड्का, युङद्रुङ वाङगेल गुरुङ, लुम्बिनीका असिप नेपाली, फ्युजन एकेडेमीका विराट खड्का,  अनिल तामाङ, न्यु एराका अल्सन राई, नवीन थापा, आयुश बराम, प्रारम्भका अजय कार्की, निर्माण तामाङ, अनिमेश ढुंगाना, सुरज दनुवार छनोट भए  ।