इङ्लिस प्रिमियर लिग

शीर्ष स्थानमा लिभरपुललाई स्पष्ट ३ अंकको अग्रता

काठमाडौं । लिग लिडर निभरपुलले इङ्लिस प्रिमियर लिगमा सोमबार न्युक्यासल युनाइटेडविरुद्ध ४-२ को जित निकालेको छ ।

घरेलु मैदान एनफिल्डमा लिभरपुललाई जित दिलाउन मोहम्मद सलाह २ तथा कर्टियस जोन्स र कोडी गाक्पोले समान १ गोल गरे । न्युक्यासलका लागि एलेक्सजान्डर इसाक र सेभेन बोनम्यानले गोल फर्काए ।

जितसँगै शीर्ष स्थानमा स्पाष्ट ३ अंकको अग्रता लिएको लिभरपुलले २० खेलमा ४५ अंक जोडेको छ ।  दोस्रो स्थानको एस्टन भिल्लाको ४२ अंक छ । पराजित न्युक्यासल समान खेलबाट २९ अंकका साथ नवौं स्थानमा छ ।

२२ औं मिनेटमा सलाह पेनाल्टीमा चुक्दा लिभरपुलले अग्रता लिने सुनौलो अवसर गुमाएको थियो । 

खेलको ४९ औं मिनेटमा सलाहले नै लिभरपुललाई अग्रता दिलाए । लिभरपुलको यो अग्रता लामो समयसम्म टिक्न भने सकेन ५ मिनेटपछि नै इसाकले न्युक्यासललाई बराबरीमा ल्याए ।

७४ औं मिनेटमा जेन्सले गोल गर्दा लिभरपुल २-१ ले अगाडि बढ्यो । ४ मिनेटपछि नै गाक्पोले टोलीका लागि तेस्रो गोल गरे ।

८१ औं मिनेटमा बोनम्यानले गोल गर्दै खेललाई ३-१ को स्थितीमा ल्याए । निर्धारित समय सकिन ४ मिनेट बाँकी छँदा सलाहले पेनाल्टीमार्फत ब्यक्तिगत दोस्रो गोल गर्दै लिभरपुललाई ४-२ को जित दिलाए ।