मानबहादुर श्रेष्ठ

भलिबल टोलीका कप्तान मानबदुरकाे पदोन्नती

काठमाडौं । नेपाली राष्ट्रिय पुरुष भलिबल टोलीका कप्तान मानबहादुर श्रेष्ठको पदोन्नती भएको छ ।

नेपाली सेनामा कार्यरत मनाबहादुर हवल्दारमा बढुवा भएका हुन् । सेनाबाट घरेलु प्रतियोगिता खेल्ने मानबहादुरले सन् २०१५ मा बंगलादेशमा सम्पन्न एभिसी सेन्ट्रल जोनबाट राष्ट्रिय टोलीका लागि डेब्यु गरेका  थिए । 

 २०७१ मा सेनामा प्रवेश गरेका मानबहादुर २०७२ मा लेस नायक र २०७५ मा नायकमा बढुवा भएका थिए। मानबहादुरलाई यही वर्ष भलिबल टोलीको कप्तानी जिम्मेवारी दिइएको हो ।