नेपाल सुपर लिग

नेपाल सुपर लिगः पोखरासँग बराबरीमा रोकिए पनि धनगढी प्ले अफमा

काठमाडौं । अन्तिम समयमा सम्हालिन नसक्दा धनगढी एफसी नेपाल सुपर लिग ( एनएसएल) को दोस्रो संस्करणमा पोखरा थन्डर्ससँग १-१ को बराबरीमा रोकिएको छ ।

यस नतिजासँगै सात खेलमा १३ अंक जोडेर दोस्रो स्थानमा रहेको धनगढीले प्ले अफमा स्थान बनाएको छ । पोखरा समान खेलबाट १५ अंकका साथ शीर्ष स्थानमा छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार धनगढीका लागि मिलन राईको तथा पोखराका लागि मोसेस ग्याबाले गोल गरे । 

३२ औं मिनेटमा मिलन राईको क्रसमा अहमद हिजाजीको फिलतो हेडरलाई पोखराका गोलकिपर प्रिसोले सहजै नियन्त्रणमा लिए ।

४३ औं मिनेटमा मिलनको गोलमार्फत धनगढीले अग्रता लिएको थियो । फ्याङ्कलिन टालाको ब्याक पासलाई नियन्त्रणमा लिएर अफिज ओलावाले मिलाइ दिएको पासलाई मिलनले सहजै जाली चुमाए ।

४५ औं मिनेटमा पोखराले बराबरी गर्ने सुनौलो अवसरलाई सदुपयोग गर्न सकेन । स्टेफन अनोरको क्रस बारमा लगोर फर्किदाँ प्राप्त रिबाउन्डलाई कमलबहादुर थापाले प्रहार गरेपनि गोलकिपर मोहम्मह ताहाले गोललाईबाट उत्कृष्ट बचाउ गरे ।

६१औं मिनेटमा सुरजजिउ ठकुरीको फ्रिकिक ताहाले बचाए । ७८ औं मिनेटमा अभिषेकको पासमा ओलावालेको प्रहारले पोस्टको दिशा लिन सकेन । 

८० औं मिनेटमा मिलानको पासमा अभिषेकको प्रहार दोस्रो हाफमा मैदान प्रवेश गरेका पोखराका गोलकिपर देव लिम्बुले बचाए । 

९० औं मिनेटमा सुरजको फ्रिकिकलाई पोस्ट दिशा दिँदै ग्याबाले पोखरालाई बराबरीमा ल्याए । इन्जुरी सयमयमा धनगढीका कप्तान देवेन्द्र तामाङको फ्रिकिक बार नजिकैबाट बाहिरियो ।