प्रधानमन्त्री कप काठमाडौं जिल्ला छनोट

काठमाडौं जिल्ला छनोटः महावीरको सानदार जित

काठमाडौं । प्रधानमन्त्री कप  छनोटका लागि काठमाडौं जिल्ला छनोटमा महावीर क्लबले शानदार जित निकालेको छ ।

मुलपानी मैदानमा बिहीबार भएको खेलमा महावीरले फरेवर ब्वाइज क्लबलाई १० विकेटले हराएको हो।

फेरवरले प्रस्तुत गरेको ६१ रनको लक्ष्य महावीरले ७.३ ओभरमा कुनै पनि विकेट नगुमाइ पूरा गर्यो । महावरीका लागि रविन जोशीले ३३ रन र नवीन तामाङले २७ रन बनाए ।  

त्यसअघि पहिले ब्याटिङ गरेको फरेवरले १९ ओभरमा  सबै विकेट गुमाउँदै ६० रन बनाएको थियो । फरेवरका लागि सचिन यादवले २२ र कृष्ण भट्टले अविजित १० रन बनाए ।

महावीरका लागि प्रतिश जिसीले तीन तथा नवीन तामाङले दुई तथा तेज कुँवर तेज पाठक,  सार्थक धिताल  राकेशकुमार कर्ण र सयोन भण्डारीले समान एक विकेट लिए ।

बिहीबार नै सम्पन्न अर्को खेलमा ओएसिसले जेम्समाथि ९ विकेटको जित निकाल्याे ।