काभा च्यालेन्ज कप

काभा च्यालेन्ज कपः नेपालको रोमाञ्चक जित

फाइल फोटो

काठमाठौं । श्रीलंकामा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष भलिबल च्यालेन्ज कपमा नेपालले दोस्रो जित निकालेको छ ।

खेल कोलम्बोस्थित सुगाथादास इन्डोर रंगशालामा बुधबार नेपालले अफगानिस्तानमाथि  ३-२ सेटको रोमाञ्चक जित निकालेको हो । 

पहिलो सेट २५-१९ ले आफ्नो पक्षमा पारेको नेपालले दोस्रो सेट १९-२५, तेस्रो सेट २२-२५ ले गुमाएको थियो ।

उत्कृष्ट पुनारगमन गरेको नेपालले चौथो सेट २५-२१ ले आफ्नो पक्षमा पारेपछि खेल पाँचौं सेटसम्म लम्बिएको थियो । पाँचौं तथा निर्णायक सेटमा नेपाल १५-१० ले अगाडि रह्यो ।

पहिलो खेलमा बंगालादेशलाई ३-१ को सेटमा हराएको नेपाल दोस्रो खेलमा श्रीलंकासँग ३-० को सोझो सेटमा पराजित भएको थियो ।

यता अफगानिस्तानको भने यो पहिलो हार हो । अफगानिस्तानले पहिलो खेलमा उज्वेकिस्तानलाई ३-२ तथा दोस्रो खेलमा बंगालदेशलाई ३-० को सेटमा पराजित गरेको थियो ।

अब नेपालले शुक्रबार साउदी अरेबियाको सामना गर्नेछ ।  अक्टोबर १५ सम्म हुने प्रतियोगितामा नेपालसहित बंगलादेश, श्रीलंका, अफगानिस्तान, साउदी अरेबिया, उज्वेकिस्तान सहभागी छन् ।