बर्मिङ्घम सिटी

रुनी बर्मिङ्घमको नयाँ प्रशिक्षक

काठमाडौं । बर्मिङ्घम सिटीले इङ्ल्यान्डका पूर्व स्ट्राइकर वायन रुनीलाई नयाँ प्रशिक्षककको रूमा अनुबन्ध गरेको छ ।  बर्मिङ्घमले बुधबार रुनीसँग साढे ३ वर्षको सम्झौता गरेको हो ।

च्यम्पियनसिप क्लब बर्मिङ्घमले सोमबार मात्रै आफ्ना मुख्य प्रशिक्षक जोन युस्टेसलाई वर्खास्त गरेको थियो । सन् २०२२ मा बर्मिङ्घमको प्रशिक्षकमा नियुक्त भएका युस्टेसको प्रशिक्षणमा क्लबले ६३ खेल खेल्दा २१ जित, १६ बराबरी र २६ हारको नतिजा निकालेको थियो ।

रुनीले आइतबार मेजर सकर लिग (एमएसएल) को क्लब डिसी युनाइटेड छाडेका थिए । रुनी १ वर्षपछि नै च्यापियनसिप क्लब फर्किएका हुन् । यसअघि उनले सन् २०२०/ २२ को सम्म डर्बी काउन्टीको प्रशिक्षण सम्हालेका थिए ।