जिल्लास्तरिय खुल्ला भलिबल प्रतियोगिता

बझाङमा जिल्लास्तरिय भलिबल प्रतियोगिता हुने

सांकेतिक तस्बिर

काठमाडौं । भवानी युवा क्लबको आयोजनामा आगामी कार्तिक ८ देखि १० गतेसम्म बझाङ जिल्ला खुल्ला भलिबल प्रतियोगिता हुने भएको छ ।

 प्रतियोगिताका लागि कार्तिक १ देखि ६ गतेसम्म ५ हजार रुपैयाँ तिरेर टिम दर्ता गर्न सकिने आयोजकले बताएको छ ।

प्रतियोगिताको विजेताले ५० हजार १ सय, उपविजेताले ३० हजार १ सय र तेस्रो स्थान हासिल गर्नेले २० हजार १ सय प्राप्त गर्नेछन् । जगन्नाथ माविको खेल मैदानमा हुने प्रतियोगितामा बझाङ जिल्लाका खेलाडीले र सहभागिता जनाउन पाउनेछन् ।

यसैगरी प्रतियोगिताको सर्वोकृष्ट खेलाडी, उत्कृष्ट सेटर, ब्लकर, सर्भर, स्पाइकर, लिबेराे, उदियमान खेलाडीलाई मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ ।

बझाङ राष्ट्रिय भलिबल टोलीका सदस्य हेमन्त मल्लको गृह जिल्ला हो ।