काभा पुरुष च्यालेन्ज कप

भलिबल टोली श्रीलंका प्रस्थान

काठमाडौं । श्रीलंकामा हुने सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष च्यालेन्ज कपका लागि नेपाली भलिबल टोली आइतबार त्यसतर्फ प्रस्थान गरेको छ ।

नेपालले बंगलादेशसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । नेपाल र बंगलादेशबीचको खेल अक्टोरबर ९ ( साेमबार)  हुनेछ ।

अक्टोबर ९ देखि १५ सम्म हुने प्रतियोगितामा नेपालसहित बंगलादेश, श्रीलंका, अफगानिस्तान, साउदी अरेबिया, उज्वेकिस्तान सहभागी छन् ।

यसैगरी नेपाल अक्टोबर १० मा आयोजक श्रीलंका, ११ मा अफगानिस्तान, १२ मा साउदी अरेबिया, १३ मा उज्वेकिस्तानको सामना गर्नेछ ।

सबै टोलीले एक अर्कासँग खेलेपछि शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।