वायन रुनी

रुनीले छाडे डिसी युनाइटेड

काठमाडौं । इङ्लिस प्रशिक्षक वायन रुनीले मेजर सकर लिग ( एमएसएल) को  क्लब डिसी युनाइटेड छाडेका छन् ।

क्लब एमएसएल कपको प्ले अफमा पुग्न नसकेपछि रुनीले आपसी सहमतीमै प्रशिक्षकबाट राजिनामा दिएको बताइएको छ ।

रुनी सन् २०२२ मा क्लबको प्रशिक्षकमा नियुक्त भएका थिए । सन् २०२० मा डर्बी काउन्ट्रीमा अनुबन्ध हुनुअघि रुनीले १८ महिना खेलाडीको रूपमा पनि डिसी युनाइटेडमा बिताएका थिए । डिसीका लागि रुनीले ४८ लिग खेल खेल्दा २३ गोल गरे ।

डिसी युनाइटेडले शनिबार न्युयोर्क सिटी एफसीविरुद्ध सिजनको अन्तिम खेलमा २-० को जित हासिल गरे पनि प्लेअफमा पुग्न सकेन । डिसी युनाइटेड लगातार चाैथाे वर्ष प्ल अफमा पुग्न नसकेकाे हाे ।