१९ औं एसियाली खेलकुद

एसियाली खेलकुदः महिला भलिबलमा नेपाल पराजित

काठमाडौं । नेपाल चीनको हाङझाउमा जारी १९ औं एसियाली खेलकुदको महिला भलिबलमा हङकङसँग ३-० को सोझो सेटमा पराजित भएको छ ।

वरीयता निर्धारणका लागि शुक्रबार भएको खेल नेपालले २२-२५, १६-२५, १८-२५ ले गुमायो । खेल १ घन्टा १२ मिनेटसम्म चलेको थियो ।

यसअघि समूह चरणमा नेपाल भियतनाम र दक्षिण कोरियासँग ३-० को सोझो सेटमा पराजित भएको थियो । यसैगरी नेपाल प्ल अफको पहिलो खेलमा पनि भारतसँग ३-१ को सेटमा स्तब्ध बनेको थियो ।