नेपाली क्रिकेट

नेपाली क्रिकेट टोलीले नागपुरमा विशेष प्रशिक्षण गर्ने

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले भारतको नागपुरमा विशेष प्रशिक्षण गर्ने भएको छ । ट्वान्टी-२० विश्वकप एसिया छनोटको तयारी स्वरुप विशेष प्रशिक्षणका लागि नेपाल शुक्रबार नागपुर प्रस्थान गरेको हो ।

नेपालले इन्डियन प्रिमियर लिग (आइपिएल) टोली राजस्थान रोयल्सकाे एकेडेमीमा १० दिन विशेष प्रशिक्षण गर्ने क्यानले जनाएको छ ।

छनोट प्रतियोगिता कार्तिक १३ देखि २० गते सम्म मुलपानी र त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुँदैछ । समूह ‘ए’ मा नेपाल, सिंगापुर, ओमान र मलेसिया तथा समूह ‘बी’ मा युएई, बहराइन, हङकङ र कुवेत छन् ।

फाइनलमा पुग्ने दुई टोलीले आगमी वर्ष अमेरिका र वेस्टइन्डिजमा हुने ट्वान्टी-२० विश्वकपका लागि छनोट हुनेछन् ।

विश्वकप छनोट अघि नेपालले हङकण् र युएई सम्मिलित त्रिकोणात्मक ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखला खेल्नेछ । शृंखला ३० देखि कार्तिक ९ गतेसम्म मुलपानी र त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुनेछ ।