१९ औं एसियाली खेलकुद

एसियाली खेलकुदः करातेका विप्लभले कांस्यका लागि प्रतिस्पर्धा गर्ने

फाइल फोटो

काठमाडौं । चीनको हाङझाउमा जारी १९ औं एसियाली खेलकुदमा नेपाली कराते खेलाडी विप्लभलाल श्रेष्ठले कांस्य पदकका लागि साउदी अरेबियाका तारेग हामिदको सामना गर्ने भएका छन् ।

पुरुष कुमुतेको ८४ केजी माथिमा प्रतिस्पर्धा गरेका विप्लभले पहिलो खेलमा ताजकिस्तानका उमेद साफारोभलाई १२-४ ले हराएका थिए । क्वार्टरफाइनलमा किर्गिस्तानका सादिकानोभ अदिलेतसँग ५-१ ले पराजित भए। विप्लभले रिपोचको पहिलो खेलमा बाई पाएपछि कांस्यका लागि भिड्ने पक्का भएको हो ।

नेपालले शुक्रबार मात्रै पदकको खाता खोलेको छ । नेपाललाई महिला कबड्डी टोलीले कांस्य पदक दिलाएको हाे ।