१९ औं एसियाली खेलकुद

एसियाली खेलकुद: महिला कबड्डीमा नेपाललाई कांस्य

काठमाडौं । चीनको हाङ्झाउमा जारी १९ औं एसियाली खेलकुदको महिला कबड्डीमा नेपालले कांस्य पदक जितेको छ ।

शुक्रबार सेमिफाइनलमा भारतसँग ६१-१६ ले पराजित भए पनि नेपालले कांस्य पदक पक्का गरेको हो ।कबड्डीमा सेमिफाइनलमा पराजित हुने टोलीले पनि कांस्य पदक प्राप्त गर्ने नियम छ । 

नेपाल पहिलो हाफमा २९-१०, दोस्रो हाफमा ३२-७ ले पछि परेको थियो । भारतले नेपाललाई ४ पटक अल आउट गरेको थियो । 

१९ औं एसियाली खेलकुदमा नेपालको यो पहिलो पदक हो । नेपाली महिला कबड्डी टोली पहिलो सहभागितामै कांस्य जित्न सफल भएको छ ।

समूह ‘बी’ मा रहेको नेपालले बंगलादेशलाई ३७-२४ ले हराउँदा इरानसँग ४३-१९ को पराजय व्यहोरेको थियो ।