अस्ट्रेलियन ओपन

सहज जित निकल्दै सावालेन्का फाइनलमा

काठमाडौं । बेलारुसकी आर्यना सावालेन्काले अस्ट्रेलियन ओपनको फाइनलमा स्थान बनाएकी छन् ।

सावालेन्काले  सेमिफाइनल अन्तर्गत विहिबार सम्पन्न खेलमा पोल्यान्डकी मेग्डा लिनेटलाई २-० को सोझो सेटमा पराजित गरेकी हुन् ।

मेलबर्नस्थित रोड लेभर एसियमा सावालेन्काले खेल ७-६(७-१) र ६-२ ले आफ्नो पक्षमा पारिन् ।

क्रोएसियन खेलाडी डोना भेकिचलाई६-३ र ६-२ तथा लिनेट चेक रिपब्लिककी कारोलिना प्लिसकोभालाई ६-३ र ७-५ को सोझो सेटमा हराउँदै सेमिफाइनल प्रवेश गरेका थिए ।

सावालेन्काले फाइनलमा काजकिस्तानकी  इलिना रोबाकिनाको सामना गर्नेछिन् । रेबाकिनाले  बेलारुसकी भिक्टोरिया अजारेन्कालाई ६-२ र ६-४  ले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेकाी हुन् ।