चेल्सी

जियच भित्राउने न्युकासल र एभर्टनको इच्छा

लन्डन । मोराेक्कन विंगर हाकिम जियचलाई अनुबन्धन गर्न दुई इङ्लिस क्लब न्युकासल युनाइटेड र एभर्टनले इच्छा देखाएका छन् ।

जनवरी ट्रान्सफरमा चेल्सी आफ्नो  टोलीमा थपघट गर्न चाहन्छ । त्यसैले चेल्सी जियचलाई बेच्ने योजनामा छ ।

चेल्सी जियचको प्रतिस्थापनमा एभर्टनका एन्थोनी गोर्डोनलाई भित्राउने योजनामा छ । २१ वर्षे फरवार्ड गोर्डेनका लागि एभर्टनले ४० मिलियन पाउन्ड माग गरेको छ । तर चेल्सी त्यति रकम दिन तयार छैन् ।

जियचले ५० अन्तर्राष्ट्रिय खेल खेलेका छन् । कतार विश्वकप २०२२ मा मोरोक्कोले सेमिफाइनल सम्मको यात्रा गर्दा जियच टोलीका प्रमुख खेलाडी थिए । तर उनले गत फेब्रुअरीयता चेल्सीका लागि गोल गर्न सकेका छैनन् । यसबीच उनले जम्मा १० लिग खेल खेलेका छन् ।

युक्रेनी मिडफिल्डर माइखाइलो मुड्रिक आगमन र राहिम स्टर्लिङको पुनरागमनले पनि जियच र चेल्सीको सम्बन्ध अन्त्य हुन लागेको अनुमान गरिएको हो ।