आसिफ शेख

आसिफलाई आइसिसी ‘स्पिरिट अफ क्रिकेट’ अवार्ड

 काठमाडौं । आइसिसी ‘स्पिरिट अफ क्रिकेट’ (खेल भावना) अवार्ड नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर  तथा विकेटकिपर आसिफ शेखले प्राप्त गरेका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले  बिहीबार आसिफले ‘स्पिरिट अफ क्रिकेट’  अवार्ड प्राप्त गरेको जनाएको हो  ।

आसिफले गत फागनुमा ओमानमा भएको चार देश सम्मिलित टी २० अन्तर्राष्ट्रिय श्रृंखलामा आयरल्यान्डविरुद्ध देखाएको खेल भावनाका कारण उक्त अवार्ड जितेका हुन् ।

आसिफले आयरल्यान्डका एन्डी म्याकबर्नी रन लिने क्रममा लड्न पुगे पनि रन आउट गरेका थिएनन् । जुन खेल भावनाले यस वर्ष सर्वाधिक चर्चा र प्रशंसा पाएको थियो ।