टाईगर कप

आर्मी तेस्रो स्थानमा रहेर सेमिफाइनलमा

काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी क्लबले पोखरामा जारी तेस्रो टाईगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगितामा दोस्रो जित निकालेको छ ।

पोखरा रंगशालाको प्राङ्गणमा बिहिबार सम्पन्न पुरुषतर्फको समूह चरणको अन्तिम खेलमा आर्मीले अर्को विभागीय टोली नेपाल पुलिसलाई क्लबलाई ३-० को पराजित गरेको हो ।

आर्मीले खेल २५-१७, २५-१९ र २५-२३ ले आफ्नो पक्षमा पारेको हो । हारका बावजुत पुलिस चौथो भएर सेमिफाइनलमा पुगेको छ ।

यस जितसँगै आर्मी चार खेलबाट सात अंक जोडेर समूह चरणमामा तेस्रो हुँदा पुलिस दुई अंक जोडेर चौथो स्थानमा रह्यो ।

यससँगै पुरुषतर्फको सेमिफाइनल समिकरण पूरा भएकोछ । अब सेमिफाइनलमा शीर्ष स्थानको एपिएफले चौथो स्थानको पुलिससँग पहिलो सेमिफाइनल खेल्नेछ । यसैगरी दोस्रो  स्थानको गण्डकीले  तेस्रो स्थानको आर्मीको सामना गर्नेछ । दुवै सेमिफाइनल शुक्रबार हुनेछ ।

एपिएफले चार खेलबाट १२, गण्डकीले ८ अंक जोड्यो । श्रीलंकाको सेन्ट जोसेफ वाज स्पोर्टस् क्लब एक अंक जोडेर जितविहीन हुँदै बाहिरिएको छ ।

यसैगरी महिलातर्फ विभागिय टोली नेपाल एपिएफ क्लब र त्रिभुवन आर्मी क्लबले फाइनलमा स्थान बनाएका छन् ।

बिहिबार सम्पन्न पहिलो सेमिफाइनलमा साबिकको विजेता एपिएफले गण्डकी प्रदेशलाई २५-१३, २५-१७ र २५-२१ तथा आर्मी दोस्रो सेमिफाइनलमा न्यु डायमन्ड युथ स्पोर्टस  क्लबलाई २३-२५, २५-१३, २५-२२ र २५-१२  फाइनल पुगेका हुन् ।