अस्ट्रेलियन ओपन

चौथो चरणबाटै बाहिरिइन् स्वायटेक

 

काठमाडौं । विश्व नम्बर डी इगा स्वायटेक  वर्षको पहिलो ग्रान्डस्लामा  टेनिस प्रतियोगिता अस्ट्रेलियन  ओपनको चौंथो चरणबाटै बाहिरिएकी छन् ।

 पेलिस खेलाडी इगा  आइतबार सम्पन्न खेलमा काजकिस्तानकी इलिना रेबाकिनासँग २–० को सोझो सेटमा पराजित भएकी हुन् ।

इगाले रेड लेभर एरिनामा भएको खेल  ४–६ र ४–६ ले  गुमाएकी हुन् ।

विम्बल्डन च्याम्पियन २२ औं वरीयताकी इलिनाले क्वाटरफाइनलमा लात्भियाकी जेलिना ओस्टापेन्कोको सामना गर्नेछिन् ।

जेलिनाले  सातौं वरियताकी अमेरिकी खेलाडी कोको गौफ लाई ७–५ र ६–३ ले हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेकी हुन् ।