टाइगर कप भलिबल

न्यु डायमन्डलाई हराउँदै आर्मीको विजयी सुरुआत

त्रिभुवन आर्मी क्लब र न्यु डायमन्ड स्पोर्टस् क्लबका खेलाडी प्रतिस्पर्धा गर्दै । तस्विरः सुदर्शन रञ्जित, पोखरा

काठमाडौं । नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले तेस्रो टाईगर कप अन्तराष्ट्रिय महिला भलिबल प्रतियोगितामा विजयी सुरुआत  गरेको छ ।

आइतबार पोखरा रंगशालाको प्राङ्गणमा सुरु भएको खेलमा आर्मीले न्यु डायमन्ड युथ स्पोर्टस् क्लबलाई ३-० को सोझो सेटमा पराजित गरेको हो ।

कृपा अधिकारीको कप्तानीमा रहेको आर्मीले न्यु डायमन्डमाथि २७-२५, २५-१७ र २५-२३ को जित निकाल्यो । राष्ट्रिय टोलीका खेलाडी प्रतिभा माली टोलीमा नरहँदा न्यु डायमन्ड फिक्का देखिएको थियो ।

प्रतियोगिताकोख पुरुषतर्फ आज नै दुई खेलहरु हुँदैछ । राउण्ड रोबिनको आधारमा सञ्चालन हुने प्रतियोगितामा महिलातर्फ गण्डकी प्रदेश, त्रिभुवन आर्मी क्लब, नेपाल एपीएफ क्लब र न्यू डायमण्ड स्पोर्टस क्लबको सहभागिता रहने छ ।

यस्तै पुरुषतर्फ त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, नेपाल एपिएफ क्लब र गण्डकी प्रदेश र श्रीलंकाको एसटी जोशेफ वाज स्पोर्टस क्लब रहेका छन् ।