एन्डी मरे

फेरि ठूलो चोट लागे पुनरागमन सम्भव छैनःमरे

लन्डन । चोटका कारण लामो समय देखि टेनिबाट टाढा रहेका एन्डी मरेले अब फेरि ठुलो चोट लागेमा आफ्नो पुनरागमन सम्भव नरहेको बताएका छन ।

सन् २०१८ र २०१९ मा कम्मरको शल्यक्रिया गरेपछि मैदान बाहिर रहँदै आएका इङ्लिस खेलाडी मरेले यही वर्ष पुनारागमन गरेका थिए।

 यो वर्ष दुई वटा टुर लेबलको फाइनल खेलेका मुरे विश्व वरियतामा ५०औँ स्थानमा उक्लिएका थिए । यसैगरी उनले युएस ओपनको तेस्रो चरणसम्मको यात्रा तय गरेका थिए ।

३५ वर्षिय  मुरेले  फेरि चोट लागे संन्यास  लिने  संकेत गरेका छन ।

‘स्वास्थ्यले साथ दिए म अझै खेल्छु। तर,म फेरी कुनै ठुलो चोट लागेमा पुनरागमन गर्न सक्ने अवस्थामा छैन,’मरेले भने‘अहिले स्वास्थ्यले पनि साथ दिइरहेको छ,खेलमा आफ्नो शतप्रतिशत दिएर खेल्नेछु ।’

अहिले मरे प्रशिक्षक इभान लेन्डीका साथ आगामी जनवरीमा हुने अष्ट्रेलियन ओपन टेनिस प्रतियोगिताको  तयारीमा जुटेका छन । चोटका कारण मरेले पछिल्ला तीन संस्करणको अष्ट्रेलियन ओपन गुमाएका थिए ।