म्यानचेस्टर युनाइटेड

हामी अझै शीर्ष टोली बन्न सक्छौंः टेन हाग

म्यानचेस्टर । इङ्लिस प्रिमियर लिगको क्लब म्यानचेस्टर युनाइटेडका प्रशिक्षक इरिक टेन हागले क्लब अझै लिगको शीर्ष स्थानमा आउने सक्ने बताएका छन ।

‘मलाई थाहा छ टोलीको धेरै खेलाडी टोलीको प्रदर्शनबाट सन्तुष्ट छैनन । उनीहरु अझै राम्रो चाहन्छन,’हागले भने‘यो राम्रो पक्ष हो किनकी सन्तुष्टिले अल्छी बनाउँछ त्यसैले हरेक दिन आफूलाई उत्कृष्ट बनाउने लक्ष्य हुनुपर्छ । हामी त्यसैको प्रयासमा छौं ।’

युनाइटेडले अन्तर्राष्ट्रिय विश्रामपछिको पहिलो खेल बुधबार इङ्लिस लिगकपको अन्तिम १६ मा बर्नेलीसँग खेल्ने छ । यसैगरी युनाइटेडले विश्रामपछिको पहिलो  प्रिमियर लिग खेल डिसेम्बर २७ मा नोटिङघम फरेस्टसँग खेल्ने छ ।

‘लिगको सुरुआत राम्रो हुन सकेन । तर,अझै हामी लिगको उत्कृष्ट टोली बन्न सक्छौै’हागले भने‘यसका लागि टोलीका स्टाफ,खेलाडी लगायत सबैको साथ चाहिन्छ ।’

युनाइटेड हाल १४ खेलबाट २६ अंकका साथ लिगको पाँचौ स्थानमा छ । 

युनाइटेडले पछिल्लोपटक सन् २०१२–१३ को प्रिमियर लिग जितेको थियो । यसैगरी युनाइटेड सन् २०१६–१७ को युइएफए युरोपा लिग जिते यता प्रमुख प्रतियोगितामा  उपाधि विहिन छ ।