मेड्मेडेभ युएस ओपनको फाइनलमा

न्युयोर्क, (खेलाडी)- दोस्रो वरियताका ड्यानियल मेड्मेडेभ युएस ओपनको फाइनल प्रवेश गरेका छन् । 


शनिबार बिहान भएको  पहिलो सेमिफाइनलमा मेड्मेडेभले क्यानडाका फिलिक्स अग्वेर एलासिमेलाई ६-४, ७-५, ६-२ को सोझो सेटमा हराउदै फाइनलमा स्थान पक्का गरेका हुन् ।


फाइनलमा मेड्मेडेभले विश्व नम्बर एक नोभाक जोकोभिच र एलेक्जेन्डर जेभरेवबीचको विजेतासँग खेल्नेछन् । यस वर्ष अस्ट्रेलियन ओपन,विम्बल्डन र फ्रेन्च ओपनको उपाधि जितिसकेका जोकोभिच युएस ओपनको उपाधिसहित वर्षको ४ वटै ग्रान्ड स्लाम जित्ने रड लाभरको कीर्तिमानसँग बराबरी गर्ने अभियानमा छन् ।

मेड्मेडेभ पहिलो ग्रान्ड स्लामको लक्ष्यमा हुनेछन् । मेड्मेडेभको यो तेस्रो ग्रान्डस्लाम फाइनल हो । 

यसअघि सन् २०१९ को युएस ओपनमा राफेल नाडालसँग निराश भएका मेड्मेडेभ फेब्रुअरीमा अस्ट्रेलियन ओपनको फाइनलमा जोकोभिचसँग पराजित भएका थिए ।