युएस ओपनमा हालेपको विजयी सुरुआत

न्युयोर्क, (खेलाडी)- पूर्व विश्व नम्बर एक सिमोना हालेपले वर्षको अन्तिम ग्राण्ड स्लाम युएस ओपनमा विजयी सुरुआत गरेकी छिन् ।

नेपाली समयअनुसार मंगलबार बिहान भएको महिला एकलको खेलमा हालेपले इटालीकी कालिया जियोर्गीलाई ६-४, ७-६ (७/३) को नतिजामा हराउँदै दोस्रो चरणमा स्थान सुरक्षित गरिन् । 

हालेपले चोटका कारण विम्बल्डन खेल्न सकेकी थिइनन् । हालेपले दोस्रो चरणमा स्लोभाकियाकी क्रिस्टिना कुकोभाको सामना गर्नेछिन् ।
त्यस्तै नवौं वरियताकी गार्बिन मुगुरुजाले पनि डोन्ना भेइचलाई हराउँदै अघिल्लो चरणको यात्रा तय गरिन् । मुगुरुजाले भेइचमाथि ७-६ (७/४) ७-६ (७/५)को सहज जित हात पारेकी थिइन् । उनले तेस्रो प्रवेशका लागि जर्मनीकी आन्द्रिया पेटकोभिच र रोमानियाकी इरिना कामेलिया बेगुबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछिन् ।

यता सालोनी स्टेफिन्सले म्याडिसन किजलाई ६-३, १-६ ७-६ (९/७ं) को नतिजामा हराउँदै दोस्रो चरणको यात्रा तय गरिन ।