टेनिस

टेनिस खेलाडी छनोट

काठमाडौं । आइटीएफ एसिया यु १२ टिम प्रतियोगिताअन्तर्गत दक्षिण एसियाली क्षेत्रीय छनोटका लागि नेपाली टेनिस खेलाडी छनोट भएका छन् । ब्वाइज/गर्ल्समा तीन–ती गरी ६ खेलाडी छनोट प्रतियोगिताबाट छानिएको नेपाल टेनिस संघका कार्यालय सचिव प्रवीण देवकोटाले जानकारी दिए ।

ब्वाइजमा वृजेश अर्याल, आद्रित नेपाल, अशभसम्राट हाडा तथा गर्ल्समा शिभाली गुरुङ, प्राज्ना मानन्धर र कर्मिस्था नुगाह श्रेष्ठ छानिए ।

क्षेत्रीय छनोट जुन १३ देखि १८ तारिखसम्म सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा हुने छ । सातै राष्ट्रको सहभागिता रहने टेनिस संघले जनाएको छ । ब्वाइज/गर्ल्समा पहिलो र दोश्रो हुने राष्ट्र प्रतियोगिताका लागि छनोट हुनेछन् । प्रतियोगिता काजाकिस्तानमा हुनेछ ।