अस्लेघ बार्टी

बार्टीको अप्रत्यासित सन्यास घोषणा

मेलबर्न । विश्व वरीयताको शीर्ष स्थानकी अस्लेघ बार्टीले २५ वर्षको उमेरमा नै टेनिसबाट सन्यास लिने घोषणा गरेकी छन् ।

अस्ट्रेलियन टेनिस स्टार बार्टीले बुधबार सामाजिक सञ्जाल इन्स्ट्राग्राममार्फत टेनिसबाट सन्यास लिने घोषणा गरेकी हुन् ।

‘टेनिसले मलाई दिएको सबैकुराको लागि धन्यवाद दिन चाहन्छु । यसैकारण सन्यास लिदाँ गर्व महसुस भएको छ,’ उनले इन्स्ट्राग्राममा लेखेकी छिन्, ‘मलाई हरेक परिस्थितिमा साथ दिनुहुने सबैमा धन्यवाद । जीवनभरको सम्झनाहरु दिनु भएकोमा कृतज्ञ छु ।’

बार्टीले २०१८ मा युएस ओपन, २०१९ मा फ्रेन्च ओपन, २०२१ मा विम्बेलडन र २०२२ मा अस्ट्रेलियन ओपनको उपाधि जितेकी थिइन् ।

२५ वर्षको उमेरमा नै बार्टीले टेनिसबाट सन्यासको घोषणा गरेपछि उनकी साथी केसी डेलाक्वाले पनि बार्टीले पहिलोदेखि नै सन्यासको बारेमा सोच बनाइरहेकी बताइन् ।