एन्फा

एनएसएल चैत २५ देखि जेठ १ गतेसम्म आयोजना गर्न एन्फाको स्वीकृति

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्ट प्राली (एनइएसएम)लाई नेपाल सुपर लिग (एनएसएल) आयोजनका लागि स्वीकृति दिएको छ । एनएसएलले यसअघि एन्फासामु चैत २५ गतेदेखि जेठ १० गतेसम्म मिति उपलब्ध गराइदिन माग गरेको थियो ।

सोही बमोजिमको स्वीकृतिसहितको पत्र एनएसएलले पाएको छ । एन्फाले पछिल्लो समय बढेको एनएसएलको विवाद समाधानका लागि अध्यक्ष कर्माछिरिङ शेर्पाको नेतृत्वमा सात सदस्यीय विवाद समाधान कार्यदल बनाएको थियो ।

सो कार्यदलले बुधबार बिहान असन्तुष्ट चार क्लबहरूसँग गरेको छलफलपछि स्वीकृति पत्र प्रदान गरिएको बुझिएको छ ।

एन्फाका कार्यवाहक महासचिव अरुणमान जोशीले हस्ताक्षर गरेको पत्रमा आवश्यक स्वीकृति प्रदान गरिएको व्यहोरा उल्लेख छ ।