नेपाली क्रिकेट

घरेलु मैदानमा हुने क्रिकेट शृंखला कान्तिपुरले प्रत्यक्ष प्रसारण गर्ने

काठमाडौं । नेपाल र पपुवा न्यु गिनीविरुद्धको एकदिवसीय र त्रिदेशीय ट्वान्टी २० शृंखलाको प्रत्यक्ष प्रसारण कान्तिपुर टेलिभिजनले गर्ने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले बुधबार सामाजिक सञ्जालमार्फत दुबै क्रिकेट शृंखलाको प्रत्यक्ष प्रसारण कान्तिपुरले गर्ने जनाएको हो ।

नेपाल मार्च २५ देखि अप्रिल चारसम्म त्रिवि क्रिकेट मैदानमा एकदिवसीय र ट्वान्टी २० शृंखला खेल्ने तालिका छ । नेपालले त्रिदेशीय ट्वान्टी २० शृंखलाअघि पिएनजीविरुद्ध एकदिवसीय शृंखला खेल्नेछ ।

शृंखलाका लागि नेपाली टोलीका मुख्य प्रशिक्षक पुबुदु दासानायकेले एकदिवसीय र ट्वान्टी २० दुबै टोलीको घोषणा गरिसकेका छन् ।

हाल आइसिसी विश्वकप क्रिकेट लिगका लागि संयुक्त अरब इमिरेट्स (युएई) मा रहेको नेपाली टोली बुधबार स्वदेश फर्किदै छ ।