पउल पाेग्बा

पोग्बाको विश्वकप मेडल चोरी

पेरिस । म्यानचेस्टर युनाइटेडका मिडफिल्डर पउल पोग्बाले विश्वकप उपाधि जित्दाको मेडल चोरी भएको पुष्टि गरेका छन् ।

पछिल्लो हप्ता च्याम्पियन्स लिगअन्तर्गत युनाइटेड र एथ्लेटिको मड्रिडबीचको खेलका दौरान पोग्बाको घरमा चोरी भएको थियो ।

चोरीको बेला घरमा पोग्बाको दुई सन्तान र उनीहरुलाई हेरविचार गर्ने एक महिला घरमा थिए ।

‘त्यसमा मेरी आमाको गहनाहरु र विश्वकपको मेडल थियो । सबैभन्दा महत्वपूर्ण कुरा बालबच्चाहरु सकुशल छन्,’ पोग्बाले भने, ‘चोरीका बेला घरमा मेरा दुई बालबच्चा र हजुरआमा थिए । उनले चोरीको बेला भएका सबै कुराहरु सुनिन् र मेरो श्रीमती र सुरक्षाकर्मीलाई बोलाइन् ।’

सन् २०१६ मा युभेन्टसबाट म्यानचेस्टर युनाइटेड भित्रिएका पोग्बा र क्लबबीचको सम्झौता यसै वर्ष समाप्त हुँदैछ ।

हाल पोग्बा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि फ्रेन्च टोलीसँगै छन् ।