इन्डियन वेल्स मास्टर्स

इन्डियन वेल्स मास्टर्सः नाडाल फाइनलमा

क्यालिफोर्निया । विश्व वरीयताको चौथों स्थानका राफेल नाडाल आइतबार इन्डियन वेल्स मास्टर्सको फाइनलमा प्रवेश गरेका छन् ।

स्पेनिस टेनिस स्टार नाडालले आइतबार सेमिफाइनलमा वरीयताको १९औं स्थानका अर्का स्पेनिस खेलाडी कार्लाेस अल्कारेजलाई हराउँदै उपाधि नजिक पुगेका हुन् । उनले अल्कारेजलाई ६–४, ४–६, ६–३ को सेटमा हराए ।

यस वर्ष टेनिस प्रतियोगितामा अपराजित यात्रा जारी राखेका नाडालको यो २०औं जित हो ।

नाडालले प्रतियोगिताको फाइनलमा वरीयताको १६औं स्थानका अमेरिकी टेनिस खेलाडी टेलर फ्रिजसँग उपाधिकालागि प्रतिस्पर्धा गर्नेछन् ।

फ्रिजले आइतबारै वरीयताको छैटाैं स्थानका रुसी खेलाडी एन्ड्री रुबलेभलाई ७–५, ६–४ को सोझो सेटमा हराएर फाइनलमा स्थान पक्का गरेका थिए ।

नाडालले गत जनवरीमा मेलबर्नमा भएको अस्ट्रेलियन ओपन र मेक्सिकन ओपनको उपाधि जितेका थिए ।