अस्ट्रेलियन ओपन

अस्ट्रेलियन ओपनको उपाधि बार्टीलाई

मेलबर्न । विश्व वरियताको शीर्ष स्थानकी अस्लेग बार्टीले वर्षको पहिलो ग्रान्डस्लाम अस्ट्रेलियन ओपनको उपाधि जितेकी छिन् ।

शनिबार मेलबर्न पार्कमा सम्पन्न महिलातर्फको फाइनलमा अस्ट्रेलियाकी बार्टीले अमेरिकाकी ड्यानियल कोलिन्सलाई ६-३ ७-६ (७-२ ) को सेटमा पराजित गरिन् ।

सन् २०१२ देखि ग्रान्डस्लाम टेनिसमा डेब्यु गरेकी बार्टीले पहिलो पटक अस्ट्रेलियन ओपनको उपाधि जितेकी हुन् । यद्यपि, बार्टीको यो तेस्रो ग्रान्डस्लाम उपाधि हो । बार्टीले यसअघि सन् २०१९ को फ्रेन्च ओपन र गत वर्षको विम्बल्डन जितेकी थिइन् ।

बार्टी पछिल्लो सिजन ओपनको क्वार्टरफाइनलबाट बाहिरिएकी थिइन् ।

यस्तै सन् २०१४ ग्रान्डस्लाम खेल्न सुरु गरेकी कोलिन्स पहिलो पटक ग्रान्डस्लामको फाइनलमा पुगेकी हुन् ।