नेपाल-माैरिसस मैत्रीपूर्ण फुटबल

नेपालको पहिलो रोजाई सार्वजनिक, एक वर्षपछि विमलको ‘कमब्याक’

काठमाडौं । मौरिससविरुद्धको पहिलो अन्तर्राष्ट्रिय खेलका लागि मुख्य प्रशिक्षक अब्दुल्ला अलमुताइरीले विमल घर्तीमगरलाई पहिलो रोजाइमा राख्दै नेपालको सुरुआती ११ सर्वाजनिक गरेका छन् ।

विमल घुँडाको चोटका कारण गत माघदेखि मैदानबाट बाहिर थिए ।

मुख्य प्रशिक्षक अलमुताइरीको पहिलो रोजाइमा विमलसँगै फरवार्ड लाइनमा सुनिल बल र अन्जन विष्ट छन् । मिडफिल्डरमा सुरजजिउ ठकुरी, तेज तामाङ र सुमन लामा छन् भने डिफेन्समा सुमन अर्याल, देभेन्द्र तामाङ, दीनेश राई र गौतम श्रेष्ठ छन् । गोलपोस्ट कप्तान किरण चेम्जोङले सम्हाल्नेछन् ।