आहा रारा गोल्डकप

आहा राराः पहिलो हाफमा एपिएफ १-० ले अघि

पोखरा । पोखरामा जारी २०औं आहा रारा गोल्डकपको फाइनलअन्तर्गत मनाङ मर्स्याङदी क्लबविरुद्धको पहिलो हाफमा सशस्त्र प्रहरी बलको एपिएफ फुटबल क्लबले १-० को अग्रता बनाएको छ ।

पोखरा रंगशालामा सम्पन्न पहिलो हाफमा युवराज खड्काले २०औं मिनेटमा गरेको गोलबाट एपिएफले अग्रता बनाएको हो ।

६ पटकको च्याम्पियन मनाङले आर्मीलाई पेनाल्टी सुट आउटमा ४-३ ले हराउँदै कीर्तिमानी सातौं पटक उपाधि नजिक पुगेको हो । त्यस्तै एपिएफले सेमिफाइनलमा ३-१ ले पराजित गर्दै दोस्रो पटक फाइनलमा स्थान बनाएको हो । यसअघि एपिएफ २०६४ सालमा प्रतियोगिताको फाइलनमा पुगेको थियो । यद्यपि, फाइलनमा अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग पराजित भएको थियो ।