अस्ट्रेलियन ओपन

अस्ट्रेलियन ओपनको तेस्रो चरणमा डियाज र पेगुला

मेलर्बन । अस्ट्रेलियन ओपनको तेस्रो चरणमा विश्व वरियाताको ६३औं स्थानकी नुरिया परिज्जाज डियाजले २१औं स्थानकी जेसिका पेगुलासँग प्रतिस्पर्धा गर्ने भएका छन् ।

सन् २०२० देखि अस्ट्रेलियन ओपन खेलेकी पेगुला गत वर्ष क्वार्टरफाइनलबाटै बाहिरिएकी थिइन् । परिज्जाज डियाजको यो नै पहिलो ग्रान्ड स्लाम हो ।

यसअघि परिज्जाज डियाजले पहिलो चरणको खेलमा एक सय ३४औं स्थानकी इरिना बारालाई ६–३ ६–१ को सेटमा र दोस्रो चरणमा वरियताको ८०औं स्थानकी मरिना जेनेभ्स्कासँग वाकओभर पाएर तेस्रो चरणमा पुगेकी हुन् ।

सन् २०१६ देखि अस्ट्रेलियन ओपन खेल्न सुरू गरेकी जेनेभ्स्का पहिलो र दोस्रो खेलमा २०१७ मा पहिलो चरणबाटै बाहिरिएकी थिइन् ।

पेगुलाले वरियताको ४९औं स्थानकी युक्रेन खेलाडी एन्हेलिना कालिनिनालाई पहिलो चरणमा ४–६ ७–६ (७–१) ७–५ को सेटमा हराएकी थिइन् । यस्तै दोस्रो चरणमा वरियातको १०५औं स्थानकी बर्नार्ड पेरालाई ६–४ ६–४ को सोझो सेटमा हराइन् ।

कालिनिनाको यो नै पहिलो ग्रान्ड स्लाम हो । पेराले २०१८ देखि अस्ट्रेलियन ओपन खेल्दै आएकी छिन् । उनी गत वर्ष पनि दोस्रो चरणबाटै बाहिरिएकी थिइन् ।