अस्ट्रेलियन ओपन

अस्ट्रेलियन ओपनको तेस्रो चरणमा बेरेटिनीविरुद्ध अल्काराज

मेलबर्न । विश्व वरियताको सातौं स्थानमा माटेओ बेरेटिनी अस्ट्रेलियन ओपनको तेस्रो चरणमा पुगेका छन् । बुधबार मेलबर्न पार्कमा भएको दोस्रो चरणको खेलमा अमेरिकी खेलाडी स्टेफन कोज्लोभलाई ६–१ ४–६ ६–४ ६–१ को नतिजामा पराजित गर्दै २५ वर्षे बेरेटिनी तेस्रो चरणमा पुगेका हुन् ।

गत वर्ष चौथो चरणसम्म पुगेर बाहिरिएका इटालियन खेलाडी बेरेटिनीले यसपाली चौथो चरण प्रवेशका लागि ३१औं वरियताका स्पेनिस खेलाडी कार्लोस अल्काराजसँग खेल्नेछन् । बेरेटिनीले पहलिो चरणमा अमेरिकी खेलाडी ब्रान्डोन नाकासिमालाई ६–४ २–६ ६–७ (५–७) ३–६ को नतिजामा पराजित गर्र्दै दोस्रो चरणमा पुगेका थिए ।

अल्काराज सर्बियाली खेलाडी डुसान लाजोभिचलाई ६–२ ६–१ ७–५ को नतिजामा पराजित गर्दै तेस्रो चरणमा आइपुगेका हुन् । उनले पहिलो चरणमा चिलीका अलेजान्ड्रो टाबिलोलाई ६–२ ६–२ ६–३ को नतिजामा पराजित गरेका थिए ।