अस्ट्रेलियन ओपन

अस्ट्रेलियन ओपन: तेस्रो चरणमा बार्टी र जियोर्जी भिड्ने

मेलर्बन । विश्व वरियताको ३३औं स्थानकी क्यामिला जियोर्जीले विश्व नम्बर एक अस्लेग बार्टीसँग अस्ट्रेलियन ओपनको तेस्रो चरणमा प्रतिस्पर्धा गर्ने भएकी छिन् ।

बुधबार मेलर्बन पार्कमा भएको दोस्रो चरणको खेलमा जियोर्जीले वरियताको ४७औं स्थानकी टेरेसा मार्टिनकोभालाई ६–२ ७–६ (७–२) को सेटमा हराउँदै तेस्रो चरणमा बार्टीसँगको भेट पक्का गरेकी हुन् ।

सन् २०१३ देखि अस्ट्रेलियन ओपन खेल्दै आएकी जियोर्जी गत वर्ष दोस्रो चरणबाटै बाहिरिएकी थिइन् । मार्टिनकोभाको ग्रान्ड स्लाममा यो पहिलो सहभागिता हो ।

यसअघि बार्टीले विश्व वरियताको १४२औं स्थानकी लुसिया ब्रोनजेट्टीलाई ६–१ ६–१ को सोझो सेटमा हराएकी थिइन् । बार्टी २०१९ को फ्रेन्च ओपन र २०२१ को विम्बल्डनको च्याम्पियन हुन् ।