अस्ट्रेलियन ओपन

तेस्रो चरणमा अजारेन्का र स्भितोलिना भिड्ने

मेलर्बन । अस्ट्रेलियन ओपनको दुई पटककी च्याम्पियन भिक्टोरिया अजारेन्कासँग एलिना स्भितोलिनाले तेस्रो चरणमा प्रतिस्पर्धा गर्ने भएकी छन् ।

अजारेन्काले सन् २०१२ र २०१३ मा लगातार दुई पटक अस्ट्रेलियन ओपन जितेकी थिइन् । बुधबार मेलर्बन पार्कमा भएको दोस्रो चरणको खेलमा विश्व वरियताको १७औं स्थानकी स्भितोलिनाले १०७औं स्थानकी हार्माेनी टानविरुद्ध ६–३ ५–७ ५–१ सेटको प्रतिस्पर्धात्मक जित निकालेकी थिइन् ।

गत वर्ष स्भितोलिना चौथो चरणबाटै बाहिरिएकी थिइन् । हार्माेनीको भने अस्ट्रेलियन ओपनमा यो नै पहिलो पटक हो ।

यसअघि स्भितोलिनाले पहिलो चरणको खेलमा वरियताको १०१औं स्थानकी फ्रान्सेली खेलाडी फियोना फेरोलाई ६–१ ७–६ (७–४) को सेटमा हराएकी थिइन् ।

अजारेन्काले पहिलो चरणमा पना उभार्डीलाई ६–३ ६–१ को सेटमा हराएकी थिइन् । अजारेन्का दोस्रो चरणमा विश्व वरियताको ३४औं स्थानकी जिल टाइचम्यानलाई ६–१ ६–२ को सोझो सेटमा हराउँदरै तेस्रो चरणमा स्थान पक्का गरेकी हुन् ।