अस्ट्रेलियन ओपन

अस्ट्रेलियन ओपनको पहिलो चरणबाटै बाहिरिइन् २०२० की च्याम्पियन केनिन

मेलबर्न । सन् २०२० मा अस्ट्रेलियन ओपन च्याम्पियन बनेकी सोफिया केनिन जारी सिजनको पहिलो चरणबाटै बाहिरिएकी छन् । मेलबर्न पार्कमा सोमबार भएको पहिलो चरणको खेलमा म्याडिसन किजसँग ७–६ (७–२) ७–५ को नतिजामा पराजित हुँदै विश्व नम्बर ११ प्रतियोगिताबाट बाहिरिएकी हुन् ।

प्रतिस्पर्धात्मक खेलको पहिलो सेटमा टाई ब्रेकरसम्म पुगेकी केनिनले दोस्रो सेटमा पनि ५–५ को कठिन चुनौतीमा किजलाई पुर्याएकी थिइन् ।

यद्यपि, अन्तिमसम्म त्यो लय कायम राख्न नसक्दा २०१८ पछि पहिलो पटक पहिलो चरणबाटै केनिनले बाहिरिनु पर्यो ।

सन् २०१८ बाट अस्ट्रेलियन ओपनमा डेब्यु गरेकी केनिनले २०२० मा उपाधि उचालेकी थिइन् । गत वर्ष साविक विजेताको रूपमा मेलबर्न पुगेकी २३ वर्षीया बार्टी दोस्रो चरणबाट बाहिरिइन् ।

गत वर्ष चारमध्ये तीन ग्रान्डस्लाम खेलेकी बार्टीले कुनै पनि प्रतियोगिताको क्वार्टरफाइनलसम्मको यात्रा पनि तय गर्न सकिनन् । यो वर्ष पनि विश्व वरियताको ११औं स्थानकी बार्टीले वर्षको राम्रो सुरुआत गर्न सकिनन् ।

बार्टीलाई पराजित गर्दै प्रतियोगितामा दोस्रो चरणमा पुगेकी किजले ग्रिट मिनेन र ज्याकलिन क्रिस्टियनबीचको विजेतासँग खेल्ने छिन् ।