अस्ट्रेलियन ओपन

सकारी दोस्रो चरणमा

मेलबर्न । सोमबारदेखि सुरु भएको वर्षको पहिलो ग्रान्डस्लाम– अस्ट्रेलियन ओपनको पहिलो खेलमा ताज्याना मारियालाई सोझो सेटमा पराजित गर्दै मारिया सकारी दोस्रो चरणमा प्रवेश गरेकी छिन् ।

मेलर्बन पार्कमा भएको खेलमा विश्व नम्बर छैटौं सकारीले मारियालाई ६–४ ७–६ (७–२) को नतिजामा पराजित गरिन् । सकारी पछिल्लो सिजन अस्ट्रेलिया ओपनको पहिलो चरणबाटै बाहिरिएकी थिइन् ।


सन् २०१५ को युएस ओपनबाट ग्रान्डस्लाममा डेब्यु गरेकी सकारीले उपाधि भने जित्न सकेकी छैनन् । सकारी पछिल्लो वर्ष फ्रेन्च र युएस ओपनको सेमिफाइनसम्म पुगेकी थिइन् । ग्रान्डस्लाममा यो नै सकारीको सबैभन्दा उत्कृष्ट नतिजा हो ।

जकारीले तेस्रो चरण प्रवेशका लागि किनवेन झेङसँग प्रतिस्पर्धा गर्नेछिन् । छनोट खेलेर आएकी झेङले अलियाकसान्ड्रा सास्नोभिचलाई ६–३ १–६ ७–६ (१०–५¬) को नतिजामा पराजित गरिन् ।