विम्बल्डन टेनिस

विम्बल्डनको पुरस्कार राशिमा वृद्धि

काठमाडाैं । विम्बल्डन टेनिसको पुरस्कार राशिमा वृद्धि भएको छ ।  

आयोजक अल इङ्ल्यान्ड टेनिस क्लबले विम्बल्डनको पुरस्कार राशिमा ११.२ प्रतिशले वृद्धि गरेको हो ।

सन् २०२३ मा विम्बल्डनको पुरुष एकलतर्फका विजेताले २३ लाख ३५ हजार पाउन्ड प्राप्त गर्नेछन् । यसैगरी महिला एकलतर्फको विजेताले ११ लाख ७५ हजार पाउन्ड प्राप्त गर्नेछन् ।

विम्बल्डनको  पुरस्कार राशी कुल चार करोड ४७ लाख पाउन्ड पुगेको छ ।

गत वर्ष विम्बल्डनको एकलतर्फको विजेताले २० लाख पाउन्ड प्राप्त गरेका थिए ।