एसिसी महिला ट्वान्टी-२० इमर्जिङ टिम्स एसिया कप

वर्षाका कारण नेपाल र भारतबीचको खेल रद्द

फाइल फोटो

काठमाडौं । एसिसी महिला ट्वान्टी-२० इमर्जिङ टिम्स एसिया कप अन्तर्गत बिहीबारका लागि तय नेपाल र भारत ‘ए’बीचको खेल रद्द भएको छ ।

हङकङको मङकङ क्रिकेट मैदानमा बिहान ११ः१५ मा सुरु हुनुपर्ने खेल लगातारको वर्षका कारण टस समेत हुन नपाइ रद्द भएको हो ।

खेल रद्द भएसँगै दुवै टोलीले समान एक अंक बाँडेका छन् ।

नेपालले पहिलो खेलमा पाकिस्तान ‘ए’ सँग नौ रनको हार व्यहोरेको थियो । भारतविरुद्ध अंक बाँडेसँगै नेपालको सेमिफाइन  पुग्ने सम्भावना कायमै छ । 

नेपालले समूह चरणको अन्तिम खेलमा शनिबार हङकङको सामना गर्नेछ ।

पहिलो खेलमा घरेलु टोली हङकङमाथि नौ विकेटको जित निकालेको भारतको भने सेमिफाइनल सम्भावना बलियो बलियो बनेको छ ।