अन्तर्राष्ट्रिय मैत्रीपूर्ण

लाकेन र विमलको अन्तर्राष्ट्रिय ‘डेब्यू’

काठमाडौं । मिडफिल्डर लाकेन लिम्बु र रक्षक विमल पाण्डेले नेपाली राष्ट्रिय फुटबल टोलीका लागि अन्तर्राष्ट्रिय ‘डेब्यू’ गरेका छन् ।

लाकेन र विमललले फिलिपिन्सविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पहिलो रोजाइमा पर्दै अन्तर्राष्ट्रिय ‘डेब्यू’ गरेका हुन्।

रिजल मेमोरियल स्टेडियममा हुने नेपाल र फिलिपिन्सबीचको खेल नेपाली समयअनुसार दिउँसो ४ः ४५ बजे सुरु हुनेछ ।

लाकेनले थ्री स्टार तथा विमलले विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबबाट गत साता सम्पन्न सहिद स्मारक‘ए’ डिभिजन लिग खेलेका थिए । 

भारतमा हुने १४ औं संस्करणको साफ च्याम्पियनसिपको तयारी अन्तर्गत नेपालले फिलिपिन्ससँग खेल्न लागेको हो ।

भारतको बेंगलुरुमा आयोजना हुने साफ असार ६ देखि १८ गतेसम्म हुनेछ ।

नेपालको पहिलो रोजाइ

किरण चेम्जोङ, विमल पाण्डे, सनिस श्रेष्ठ, अनन्त श्रेष्ठ, रोहित चन्द,पुजन उपरकोटी,एरिक विष्ट, लाकेन लिम्बु, आयुष घलान, नवयुग श्रेष्ठ, अन्जन विष्ट