एसिया कप एकदिवसीय क्रिकेट प्रतियोगिता

एसिया कप पाकिस्तान र श्रीलंकामा हुने

काठमाडौं ।  यस संस्करणको एसिया कप एकदिवसीय क्रिकेट प्रतियोगिता हाइब्रिड मोडल अनुसार पाकिस्तान र श्रीलंकामा हुने भएकोछ । 

एसिया कपका लागि पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) ले प्रस्ताव गरेको हाइब्रिड मोडललाई एसियन क्रिकेट काउन्सिल (एसिसी) ले अनुमोदन गरेको हो ।

यससँगै एसिया कपको मिति पनि टुंगो लागेको छ । एसिया कप अगस्ट ३१ देखि सेप्टेम्बर १७ (भदौ १४ देखि ३१) सम्म हुनेछ ।

प्रतियोगिताका १३ मध्य चार खेल पाकिस्तान तथा नौ खेल श्रीलंकामा हुनेछन् । भारतले आफ्ना सम्पूर्ण खेल तथस्ट भुमी श्रीलंकामा खेल्नेछ ।  

पाकिस्तानले सुरुमा युएईलाई दोस्रो स्थलको रूपमा प्रस्ताव गरेको थियो । सो समयमा युएईमा हुने गर्मीलाई मध्यनजर गरेर पाकिस्तान पछि हटेको बुझिएको छ ।

एसिया कपको नेपालसँगै भारत र पाकिस्तान समूह ‘ए’ मा छन् । अर्को समूहमा श्रीलंका, बंगलादेश र अफगानिस्तान छन् ।

प्रत्येक समूहका शीर्ष दुई टोली सुपर फोरमा पुग्नेछन् । त्यसपछि शीर्ष दुई टोलीले फाइनल प्रतिस्पर्धा गर्नेछन् ।