काभा पुरुष भलिबल नेसन्स लिग

भलिबल टोलीको बिदाइ

काठमाडौं । सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष भलिबल नेसन्स लिग खेल्ने नेपाली टोलीको बिदाइ गरिएको छ ।

नेपाल भलिबल संघले बिहीबार टोलीलाई बिदाइ गरेको हो । प्रतियोगिता किर्गिस्तानमा  जुन १८ देखि २५ सम्म हुनेछ ।

काभा नेसन्स लिगमा नेपालसँगै आयोजक किर्गिस्तान, पाकिस्तान,उज्वेकिस्तान, काजकिस्तान, इरान र तुर्किमिनिस्तानकाे सहभागिता छ ।

सिंगल राउण्ड रोबिन पद्धतीमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि खेल्नेछ । यस्तै तेस्रो र चौंथोमा रहने टोलीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् ।

नेपाली टोली 

हरिहजुर थापा, लोकेन्द्रराज गिरी, मानबहादुर श्रेष्ठ, टेकराज अवस्थी, राजेन्द्र विष्ट, रोविन चन्द, दुर्गाबहादुर खड्का, हरिबहादुर अधिकारी, सफल विक, धनबहादुर भट्ट क्षेत्री, हेमन्तबहादुर मल्ल , भीमबहादुर गाहा