प्रथम राइजिङ स्टार खुला टेनिस प्रतियोगिता

सुनिरा, अभिलाषा, प्रकृति, शुभाङ्गीलक्ष्मी सेमिफाइनलमा

राइजिङ स्टार खुला टेनिसमा रायना शाहविरुद्ध प्रतिस्पर्धा गर्दै सुनिरा थापा

काठमाडौं । सुनिरा थापा, अभिलाषा विष्ट, प्रकृति श्रेष्ठ र शुभाङ्गीलक्ष्मी शाह प्रथम राइजिङ स्टार खुला टेनिस प्रतियोगिताको महिला सिंगल्समा सेमिफाइनलमा प्रवेश गरेका छन् ।

सातदोबाटोस्थित टेनिस कोर्टमा मंगलबार सुनिराले रायना शाहलाई ६-३ र ६-२ तथा अभिलाषाले प्रशंसा मोक्तानलाई ६-१ र ६-१ को सोझो सेटमा पराजित गरे ।

६-० ले अगाडि रहेको अवस्थामा प्रतिद्धन्द्धी गंगा शर्मा रिटायर्ड हर्ट भएपछि प्रकृति विजेता घोषित भइन्। शुभाङ्गीले आइसा डोल्कर गुरुङलाई ६-४, २-६ र ६-२ ले हराइन् ।

पुरुष सिंगल्समा प्रदीप खड्काले निहालजंगबहादुर थापालाई ६-१ र ६-२, आरभसम्राट हाडाले राजवीर प्रधानलाई ७-५ र ७-५, आर्यन गिरीले प्रणव मानन्धरलाई ३-६, ६-३ र ६-३, आयुशमान हजुर घलेले साहिल थापालाई ६-० र ६-१, निशान श्रेष्ठले अभिनव आचार्यलाई ६-० र ६-१, अभिषेक बाँस्तोलाले सक्षमविक्रम शाहलाई ६-० र ६-०, अकी जुवेन रावतले प्रितम परियारलाई ६-० र ६-२ तथा प्रणव खनालले सौगात विकलाई ६-० र ६-१ ले हराउँदै क्वार्टरफाइनलमा स्थान सुरक्षित गरे ।

नेपाल टेनिस संघको प्राविधिक सहयोग तथा राइजिङ स्टार टेनिस एकेडेमीद्धारा आयोजित प्रतियोगिताको यू-१० ब्वाइज सिंगल्समा आर्याशराज पौडेलले विश्वविशेष डल्लाकोटीलाई ७-६ (७ -२) र ६-४ तथा निश्चल ज्ञवालीले सुजन कुइकेललाई ६-३ र ६-३ ले पन्छ्याउदै उपाधि भिडन्त पक्का गरे ।

यू-९ ब्वाइज सिंगल्समा संघर्ष फोडार, आर्याशराज पौडेल, निश्चल ज्ञवाली र इभान भट्टराई सेमिफाइनलमा पुगे । सो स्पर्धाको गर्ल्समा सरा पन्त, जीवाश्री भट्टराई, निम्ति कुँवर र थिअ श्रेष्ठले सेमिफाइनलमा स्थान बनाए ।

यू-१२ ब्वाइज सिंगल्समा अशभसम्राट हाडा, सानोवाज हुसैन र हभिस वंशलले सेमिफाइनल यात्रा तय गरे । उक्त स्पर्धाको गर्ल्समा साल्भी शेरचन र आयुशा जिसी सेमिफाइनलमा पुगे ।

भेट्रान ३५ वर्षमाथि पुरुष सिंगल्समा कमलबहादुर भण्डारी, प्रवेश पन्त, अनिल साइ, सन्तोष खत्री, सिमान्त गुरुङ, दावा सोनाम श्रेष्ठ, छेवाङ लामा र जितेन्द्र परियारले जित निकाले ।

४५  वर्षमाथि पुरुष सिंगल्समा रोहित सुनुवार, महेश श्रेष्ठ, मानबहादुर कटुवाल र मोहम्मद युनुस विजयी भए ।