इङ्लिस प्रिमियर लिग

कोन भित्राउने लिभरपुलको तयारी

लन्डन । इङ्लिस प्रिमियर लिगको क्लब लिभरपुलका प्रशिक्षक योर्गान क्लोप अहिले टोली पुननिर्माणको लक्ष्यमा रहेका छन । उनले पछिल्लो समय मिडफिल्डर मनु कोनलाई टोलीमा भित्राउने इच्छा देखाएका छन ।

फ्रान्सका कोनले जर्मन बुन्डेसलिगाको क्लब बोरुसिया मोन्चेनग्लाडबाचबाट दुई सिजन खेलेका थिए । मोन्चेनग्लाडबाचबाट ६० खेल खेलेका कोन आफ्नो प्रभाव छोड्न सफल भएका थिए । 

त्यसैले पनि क्लोप कोनलाई एनफिल्ड भित्राउन इच्छुक देखिएका हुन । नाबी केइटा, एलेक्स अक्सलेड चेम्बरलिन र जेम्स मिल्नर बाहिरिएपछि क्लोप मिडफिल्डर भित्राउने योजनामा छन । उनले यसअघि नै ब्राइटनका एलेक्सिस म्याक एलिस्टरलाई भित्राइसकेका छन । 

कोनले फ्रान्सको यु २१ टोलीबाट सात खेलिसकेका छन । क्लोप म्याक एलिस्टर र ट्रेन्ड एलेक्जेन्डर अर्नोेल्डसँगै कोनलाई खेलाउन चाहन्छन । कोनको आगमनले एलेक्जेन्डर अर्नोल्डलाई केही सहज बन्न सक्छ ।